०३ असार २०८३, बुधबार

एस जयशंकर बने भारतका नयाँ विदेशमन्त्री

एस जयशंकर बने भारतका नयाँ विदेशमन्त्री

काठमाडौँ -नेपालमाथि 'नाकाबन्दी डिजाइनर'को भूमिका खेलेका एस जयशंकर भारतको विदेशमन्त्रीमा नियुक्त भएका छन् । भारतको विदेश मन्त्रालयको वेवसाइटमा जयशंकरलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ ।

जयशंकरलाई भारतको आक्रामक कुटनीतिका योजनाकार मानिन्छ । उनलाई आफ्नै बाबु के सुब्रमण्यमबाटै विरासतमा कूटनीतिक महारथ प्राप्त भएको हो । जयशंकरका बाबु भारतका विख्यात रणनीतिक विश्लेषक मानिन्छन् । दिल्लीको चर्चीत सेन्ट स्टिफन कलेजमा अध्ययन गरेका जयशंकर राजनीतिमा एमफिल गरेको योग्यता छ । उनी परमाणु कूटनीतिका जानकार समेत हुन् ।

विदेश विभागमा प्रवेश गरेपछि जयशंकरले सबभन्दा पहिला रूसस्थति भारतीय दूतावासमा जागिर खान गए । त्यसपछि अमेरिकास्थित भारतीय दूतावासमा प्रथम सचिव रहेका जयशंकरसँग श्रीलंकामा भारतीय सेनाको राजनीतिक सल्लाहकारका रूपमा समेत काम गरेको अनुभव छ । त्यसपछि उनी जापान र चेक रिपब्लिकका लागि भारतको राजदूतका रूपमा काम गरेका थिए भने एक वर्षअघि भुटानको दोक्लाममा देखिएको भारत-चीन विवादलाई मत्थर पार्न महत्त्वपूर्ण भूमिका जयशंकरले नै खेलेका थिए ।

भनिन्छ, भारतीय लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा पाकिस्तानको बालाकोटमा भारतले गरेको 'सर्जिकल स्ट्राइक'का डिजाइनर पनि जयशंकर नै थिए । समग्रमा दक्षिण एसियाली कुटनीतिमा भारतलाई आक्रामक रूपमा प्रस्तुत गर्ने भूमिका जयशंकरको छ ।

salt training

कमेन्ट गर्नुहोस्