०८ असार २०८३, सोमबार

विषादीयुक्त आँप बजारमा !

विषादीयुक्त आँप बजारमा !

काठमाडौं – आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका  आँप बिक्री भइरहेको छ ।

स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएकाले भारतको विभिन्न स्थानका फलफूल गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँप सिरहा सदरमुकाम, लहान, गोलबजार, मिर्चैयालगायत शहरमा बिक्री भइरहेको स्थानीयवासीले बताएका छन् । 

कार्बाइडलगायत विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । यस्ता  आँपले स्वास्थ्यमा असर पार्ने गरेको स्थानीयवासी सन्तोष साहको गुनासो छ । आँप उत्पादनको दृष्टिकोणले सिरहा जिल्ला अग्रणी मानिन्छ ।

यहाँ कूल पाँच हजार ७५५ आँप खेतीयोग्य जग्गा छ । सिरहामा फल्ने आँप काठमाडौं, विराटनगर, पोखरासहित  भारतलगायत अन्य छिमेकी मुलुकमा निर्यात हुँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्