
काठमाडौँ -इंग्ल्याण्ड र वेल्समा खेलिएको क्रिकेट वर्ल्ड कपको दोस्रो म्याचमा वेस्ट इन्डिजले पाकिस्तानलाई ७ विकेटले हराएको छ । यो खेलमा पाकिस्तान १ सय ५ रनमा नै अलआउट भएको थियो । वेस्ट इन्डिजले टस जितेर फिल्डीङ गर्ने फैसला गर्यो र अन्तिम नतिजा पनि वेस्ट इन्डिजकै पक्षमा गयो ।
वेस्ट इन्डिजको तर्फबाट क्रिस गेलले एक्लै ५० रन बनाए भने एस होपले ११ रन र पुरणले ३४ रन बनाएका थिए । वेस्ट इन्डिज टीमले १३ दशमलव ४ ओभरमै १ सय ८ रङ बनाएर लक्ष्य हासिल गरेको थियो । क्रिकेट समीक्षकहरूले यसलाई पाकिस्तानको शर्मनाक हार भनी टिप्पणी गरेका छन् ।
खेलसँगै वेस्ट इन्डिजले सबभन्दा कम ओभरमा जित हासिल गरेको रेकर्ड बनाएको छ । सबभन्दा कम ओभरमा जित हासिल गरिएको विश्वकपमा यो चौथो घटना हो ।