३२ असार २०८३, बिहीबार

नेपालीलाई झस्काउने एस जयशंकर, जो भारतीय विदेशमन्त्री बने

जेठ १८, २०७६
नेपालीलाई झस्काउने एस जयशंकर, जो भारतीय विदेशमन्त्री बने

काठमाडौं– ०७२ असोज ३ गते संविधान जारी गर्ने मिति तय भएपछि असोज १ गते प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर काठमाडौं उत्रिएका थिए तत्कालीन भारतीय विदेश सचिव एस जयशंकर । 
झण्डै २४ घण्टा काठमाडौं बस्दा उनले नेपाली नेताहरुसँग जसरी व्यवहार गरे त्यसबारे राजनीतिक वृृत्तमा सुमधुर सम्बन्ध छैन । 
उनी फर्किनासाथ नेपालमा संविधान घोषणा भयो, लगत्तै भारतले अघोषित नाकाबन्दी लगायो । तिनै तत्कालीन विदेश सचिव जयशंकर पुनः निर्वाचित मोदी सरकारका विदेशमन्त्री बनेका छन् । 
मोदीको सपथग्रहमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्रि फेरिँदैमा दुई देशको सम्बन्धमा फरक नपर्ने प्रतिक्रिया दिएका छन् । 
संविधान जारी गर्ने बेला दूत बनेर आएका जयशंकरको व्यवहार नेपाली नेताहरुको मानसपटलमा भने नमेटिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
एक नेताका अनुसार उनले कुटनीतिक पर्यादा नाघेर उनले ‘संविधान जारी नगर’ भनेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्