काठमाडौं – सामान्यतया मानिसहरू सर्प देख्नेबित्तिकै भाग्न थाल्छन् वा त्यसलाई मार्ने कोशिश गर्न थाल्छन् । साँपको मुखमा आफ्नो मुखबाट पानी हाल्ने कुरा त कसले सोच्ला झन् ?
तर भारतको इन्दोरमा एक वन्यजीव प्रेमीले अप्ठ्यारोमा परेको सर्पको जीवन बचाउनका लागि यस्तै आश्चर्यलाग्दो काम गरेका छन् ।
शनिवार आयकर अधिकारी शेर सिंहले एउटा क्याम्पसमा भीड देखे । केही मानिस एउटा सर्पलाई मार्न लागिरहेका थिए । साँप देखेर डराएका मानिसले उसमाथि कीटनाशक छर्किरहेका थिए ।
शेरले भने, ‘सर्प कताबाट आइपुगेछ । मानिसहरू डराएर उसमाथि कीटनाशक हालेछन् । सर्पको छाला एकदमै संवेदनशील हुन्छ र ऊ बेहोश भएछ ।’
तर यो सर्प विषालु थिएन । उनले भने, ‘यो र्याट स्नेक अर्थात् मुसा खाने सर्प थियो । त्यो विषालु हुँदैन तर तपाईंले त्यसलाई हानि गर्नुभयो भने तपाईंलाई टोक्छ । यो एकदम तीव्र गतिमा घस्रिने भएकाले मानिसहरू डराउँछन् ।’
सर्पको ज्यान बचाउनका लागि उसको पेटमा पुगेको कीटनाशक बाहिर निकाल्नुपर्ने हुन्थ्यो । त्यसैले शेर सिंहले एउटा स्ट्र लिएर अनि उसको पेटमा पानी पुर्याए र कीटनाशकलाई डाइल्युट गरे ।
उनका अनुसार, ‘मैले एक एक्सपर्टसँग कुरा गर्दा उनले स्ट्रमार्फत पानी पुर्याउन भने । त्यसो गर्दा सर्पले बान्ता गर्यो अनि पेटमा पुगेको विष बाहिर निस्कियो । केही समयपछि ऊ सामान्य भयो ।’
त्यति मात्र नभई शेर सिंहले सर्पलाई चिसो पानीले भरिएको बाल्टिनमा राखे ।
शेर सिंहका अनुसार सबै सर्पहरू विषालु हुँदैनन् तर मानिसहरूले फरक छुट्ट्याउन जान्दैनन् र जुन सर्पलाई पनि मार्न तयार हुन्छन् ।
Indore: Sher Singh, an Income-Tax officer, saved life of a snake after guards of the school where it was found threw pesticide on it. Singh says, "It was a rat snake. It isn't venomous & only bite when you hurt it. But people get scared because it's very fast." #MadhyaPradesh pic.twitter.com/Mws8RRqG1D
— ANI (@ANI) June 1, 2019
एजेन्सी