०७ असार २०८३, आइतबार

अमित शाह पार्टी अध्यक्ष नहुँदा भाजपालाई कस्तो असर पर्छ ?

अमित शाह पार्टी अध्यक्ष नहुँदा भाजपालाई कस्तो असर पर्छ ?

काठमाडौं – भारतीय जनता पार्टीका चाणक्य भनिने अमित शाह केन्द्रीय गृहमन्त्री बनेपछि अब भाजपाले नयाँ अध्यक्ष छान्नुपर्ने भएको छ । 

अध्यक्ष नयाँ आएपनि पार्टी संगठनमा खासै ठूलो परिवर्तन आउने देखिँदैन । खाली रहेका केही ठूला पदमा चाहिँ नियुक्ति हुनेछन् । 

नयाँ अध्यक्षको नियुक्ति संसद् सत्रपछि हुने भाजपाको कार्यकारिणीको बैठकमा हुनेछ । अहिले कार्यकारिणी बैठकको तिथि निश्चित गरिएको छैन । तर यो बैठक संसद् सत्रपछि हुनेछ । 

पार्टी सूत्रहरूका अनुसार, पार्टीमा एक नेता एक पदको सिद्धान्त अपनाइएको छ । पार्टीले सर्वसम्मति बनाएमा उक नेता दुई पदमा पनि बस्न सक्छ । तर मोदी र शाहको जोडीले यसो गरेर पार्टी संगठनमा गलत परम्परा शुरू गर्न चाहँदैनन् । त्यसैले शाहको स्थानमा नयाँ अध्यक्ष बनाइनुपर्छ । 

पार्टी नेताहरूले अध्यक्ष पदका लागि ओम माथुर, भूपेन्द्र यादव र जेपी नड्डाको नामको चर्चा छ । बिहीवार नड्डालाई मन्त्रिमण्डलमा समावेश नगरिएपछि उनैलाई अध्यक्ष बनाइने सम्भावना देखाइएको छ । 

नड्डा पार्टी संगठनमा लामो समयदेखि जोडिएका छन् र उनीसँग सांगठनिक अनुभव छ । अहिले संगठनका पदाधिमारी अमित शाहकै टीमका छन् । यसै वर्ष संगठनको चुनाव हुँदैछ । नयाँ अध्यक्ष नियुक्ति भ एभने पनि सांगठनिक चुनावपछि नै नयाँ अध्यक्षले फेरबदल गर्न सक्छन् । 

शाह गृहमन्त्री बनेपछि पनि संगठनमा उनकै दबदबा हुनेछ । शाहलाई गृहमन्त्री बनाइएबाटै स्पष्ट हुन्छ, लिखितमा जे भए पनि वास्तवमा शाह नै सरकारमा दोस्रो नम्बरमा हुनेछन् । 

अहिलेको सरकारमा अरुण जेटली र सुषमा स्वराज जस्ता दिग्गज छैनन् । राजनाथ सिंह र नितिन गडकरी मात्र शाहभन्दा वरिष्ठ हुन् । 

यो हुँदा शाहले राजनाथ र नितिनबाहेक सबै मन्त्रीलाई चाहेको बेलामा बोलाउन सक्छन् । प्रधानमनत्री मोदीले अन्तर्राष्ट्रिय स्तरमा भारतको छवि सुधार्ने काम गर्दा राष्ट्भित्र उनको अनुपस्थिति रहँदा पनि सरकारको काम प्रभावित हुने छैन ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्