
सर्लाही– अवैध लागूऔषध गाँजासहित सर्लाहीमा २ जना पक्राउ परेका छन् ।
विष्णु गाउँपालिका–६ बाट अवैध लागूऔषध गाँजा ४ केजीसहित २ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
कौडेना गाउँपालिका–७ लक्ष्मीपुर सुखचैना बस्ने २० वर्षीय अजय मिश्र र कौडेनाकै २० वर्षीय विवेक साह पक्राउ परेका हुन् ।
कौडेनाबाट भारततर्फ जाँदै गरेको बीआर ३० टी७४१९ नम्बरको मोटरसाइकल सीमा प्रहरी चौकी फेन्हरा सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई मोटरसाइकलको टूल बक्सभित्र लुकाइछिपाई ल्याउँदै गर्दा उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको थियो ।