२२ जेठ २०८३, शुक्रबार

यो कस्तो फोनमोह ? दुर्घटनामा परी मर्न लागेको बेलामा पत्नीलाई गरे भिडियो कल

यो कस्तो फोनमोह ? दुर्घटनामा परी मर्न लागेको बेलामा पत्नीलाई गरे भिडियो कल

काठमाडौं – भारतको बिहारस्थित बेगुसरायको नेसनल हाईवे २८ मा ईयरफोन घुसाएर मोटरसाइकल चलाइरहेका युवक ट्रकसँग ठोक्किन पुगे । 

उनी सडकमा पछारिएपछि ट्रकको पांग्राले कुल्चिएर एउटा गोडै चुँडियो । 

त्यसपछि उनले पत्नीलाई भिडियो कल गरे अनि आफ्नो हालत देखाएर बेहोश भए । 

प्रत्यक्षदर्शीहरूका अनुसार, युवकले ईयरफोन लगाएका हुनाले ट्रकको आवाज सुनेनन् । 

बेहोश भएका युवकलाई प्रहरीले बेगुसरायस्थित अस्पताल लगे तर उनी बाँचेनन् । 

युवकको नाम राजाराम पण्डित हो । राजाराम आफ्ना सालाको श्राद्धकर्ममा ससुराली गइरहेका थिए । घटनास्थलमा पुगेका परिवारका सदस्यले बताएअनुसार राजारामको बिहे तीन वर्षअघि भएको थियो । उनको सात महिनाकी एक छोरी छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्