२२ जेठ २०८३, शुक्रबार

नीतीश कुमारको पार्टीको धम्की : पछि पनि भाजपा सरकारमा जाँदैनौं हामी

नीतीश कुमारको पार्टीको धम्की : पछि पनि भाजपा सरकारमा जाँदैनौं हामी

काठमाडौं – जनता दल युनाइटेड (जेडीयू) का प्रवक्ता केसी त्यागीले जेडीयू केन्द्रीय मन्त्रिमण्डलमा समावेश नहुने आइतवार बताएका छन् ।

भविष्यमा पनि जेडीयू मोदी सरकारमा नजाने उनले बताए । 

जेडीयूले मोदी सरकारलाई बाहिरबाट समर्थन दिने बताएको छ । 

नीतीश कुमारले भने, ‘अमित शाहले बोलाएपछि म उनलाई भेट्न दिल्ली गएको थिएँ । शाहले मलाई एनडीएका साझेदार दलहरूलाई एक एक मन्त्री पद दिइएको बताए । अनि मैले मन्त्रिमण्डलमा सांकेतिक प्रतिनिधित्व आफूहरूलाई नचाहिएको बताएँ । पछि जेडीयूका सबै सांसदले यसमा सहमति जनाए ।’

जेडीयूले मोदी सरकारमा संलग्न नहुने निर्णय लिँदा बिहारमा सत्ताका नयाँ सम्भावनाको बहस शुरू भएको छ । जेडीयूले बिहारलाई विशेष राज्यको दर्जा दिइनुपर्ने माग पनि गरेको छ । यसलाई मानिसहरूले दबाबको राजनीतिका रूपमा पनि हेरिरहेका छन् । 

जेडीयू प्रवक्ता केसी त्यागीले भने, ‘उनीहरू हामीलाई एउटा मन्त्री पद दिन चाहन्थे । हामीलाई त्यो मञ्जूर थिएन । अनि युनिफर्म सिभिल कोड र धारा ३५ए का विषयमा हाम्रो दृष्टिकोण स्पष्ट छ । समाजमा पहिलेदेखि नै अनेकौं मतभेद छन् र हामी यसलाई थप चर्काउन चाहँदैनौं । बिहारमा अब विधानसभा चुनावअगाडि भाजपासँग कुनै सम्झौता हुँदैन र हाम्रो पार्टी मोदी सरकारमा संलग्न पनि हुँदैन ।’

यसअघि पनि केसी त्यागीले विधानसभा चुनावअघि सांकेतिक मन्त्रिमण्डलमा संलग्न हुनु बिहारका मानिसमाथि न्याय हुने छैन । 

उनले थपे, ‘जेडीयू रिसाएको वा असन्तुष्ट भएको छैन । हामीले आफ्नो कुरा भाजपालाई बताएका छौं ।’

दुई सीट ल्याउने पार्टी र १६ सीट जित्ने पार्टीका बीच अलिकति अन्तर त गनुपर्थ्यो भन्ने जेडीयूको मत छ । 

जेडीयू मोदी मन्त्रिमण्डलमा नजाँदा विपक्षीहरूले प्रश्न उठाउन थालेका छन् । अब भाजपाले जेडीयूलाई कस्तो संकेत दिएर फकाउने हो भनी हेर्न बाँकी छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्