२२ जेठ २०८३, शुक्रबार

दिवंगत राजपरिवारको सम्झनामा राजदरबार अगाडि दीप प्रज्वलन

दिवंगत राजपरिवारको सम्झनामा राजदरबार अगाडि दीप प्रज्वलन

काठमाडौं । गुन्युचोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानले दिवंगत राजपरिवारको सम्झनामा श्रद्धाञ्जलीको कार्यक्रम आयोजना गरेर दिप प्रज्वलन गरेको छ । 

प्रजावत्सल राजाका रुपमा जनताद्वारा रुचाइएका राजा विरेन्द्र, रानी ऐश्वर्य लगायत राजपरिवारको २०५८ जेठ १९ गते विभत्स हत्या भएको थियो । 

अभियानद्वारा नारायणहिटी दरबार अगाडि आयोजित सो कार्यक्रममा दिवंगत राजपरिवारको स्मरण गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।

गुन्युचोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानका अध्यक्ष लक्ष्मी भद्रा ओझाको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली एवं दिप प्रज्वलन कार्यक्रममा स्वर्गीय राजपरिवारलाई हृदयदेखि नै सम्मान गर्ने सयौं नागरिकहरुको सहभागिता रहेको थियो ।

गुन्युचोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानका अभियन्ताहरु लक्ष्मी भद्रा ओझा, स्मृति पाण्डे, शान्ति जोशी, मोहना क्षेत्री, निलिमा श्रेष्ठ, विजेता श्रेष्ठ, रश्मी श्रेष्ठ, पवित्रा थापा, आशा श्रेष्ठ, रेणु कार्की, गीता थापा, विमला कार्की, प्रमिला जोशी लगायतले स्व. राजा विरेन्द्रले सुरु गरेका कार्यहरु विकास क्षेत्रको अवधारणा, शान्ति क्षेत्रको प्रस्ताव लगायतका कार्यहरु आम नेपाली जनताले कहिल्यै भुल्न नसक्ने बताउँदै जनताको भावना बुझेर हरेक कदम चाल्ने प्रजावत्सल राजा स्व. विरेन्द्रलाई नेपाली जनताले कहिल्यै विर्सन नसक्ने उल्लेख गरिन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्