२२ जेठ २०८३, शुक्रबार

काठमाडौंको कीर्तिपुरमा आगलागी, एकजनाको मृत्यु

काठमाडौंको कीर्तिपुरमा आगलागी, एकजनाको मृत्यु

काठमाडौँको कीर्तिपुरस्थित घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–४ ज्वालादेवी मार्ग बस्ने ७४ वर्षीय देवबहादुर बानियाँको आगलागीमा परेर आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    खाना बनाउने क्रममा आगलागी भएपछि आगो निभाउने क्रममा जलेर बानियाँको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट बानियाँको कच्ची घर र अन्नपात, लुगाफाटा लगायतका सामान जलेर करीब रु एक लाख ५० हजार बराबरको धनमाल क्षति भएको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्