२३ जेठ २०८३, शनिबार

एस जयशंकरलाई बधाई दिँदा देउवाको भयो विरोध

जेठ २०, २०७६
एस जयशंकरलाई बधाई दिँदा देउवाको भयो विरोध

काठमाडौं– चारपटकसम्म प्रधानमन्त्री भइसकेका काँग्रेस सभापति शेरबहादुर देउवाले कुटनीतिक प्राटोकल ख्याल नगरी भारतीय विदेशमन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाएको भन्दै पार्टीभित्र आलोचना गरेको छ । 

आजको कान्तिपुर दैनिक लेख्छ-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना पठाएको भोलिपल्टै देउवाले शनिबार पार्टीका तर्फबाट विदेशमन्त्री जयशंकरलाई बधाई तथा शुभकामना पठाएका थिए । उनको शुभकामना सन्देशलाई पार्टीका शीर्ष नेतादेखि परराष्ट्रविद्ले समेत रुचाएका छैनन् । उनीहरूले भारतलाई रिझाउने नाममा सभापतिबाटै भएको यस्तो कदमलाई अशोभनीय भनेका छन् ।

भारतको मन्त्रिपरिषद्मा विदेशमन्त्री जयशंकरको मर्यादा ११ औं स्थानमा छ । पहिलो नम्बरमा रक्षामन्त्री राजनाथ सिंह छन् । उनी भारतीय जनता पार्टीका पूर्वअध्यक्ष हुन् । दोस्रो नम्बरमा भाजपा अध्यक्ष अमित शाह छन् । उनी गृहमन्त्री छन् । ‘प्रोटोकलअनुसार आफ्नो काउन्टर पार्टनरलाई मात्रै शुभकामना दिनुपर्ने चलन हो । त्यस हिसाबले देउवाजीले अमित शाहलाई शुभकामना पठाउँदा शोभनीय हुन्थ्यो,’ एक परराष्ट्रविद्ले भने, ‘एउटा पुरानो र ऐतिहासिक पार्टीको सभापति, त्यसमा पनि चारपटकसम्म प्रधानमन्त्री भइसकेका व्यक्तिले ११ औं नम्बरमा रहेका मन्त्रीलाई शुभकामना सन्देश पठाउँदा नेपाली जनमानसमा कस्तो सन्देश जाला ?’

salt training

कमेन्ट गर्नुहोस्