०७ असार २०८३, आइतबार

नाकाबन्दीका योजनाकार अजित डोभाल भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार कायम, मन्त्रीसरहको दर्जा

नाकाबन्दीका योजनाकार अजित डोभाल भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार कायम, मन्त्रीसरहको दर्जा

काठमाडौं – भारतमा नरेन्द्र मोदी सरकारले अजित डोभाललाई पुनः राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । उनलाई क्याबिनेट मन्त्री सरहको दर्जा पनि दिइएको छ । 

डोभाल उत्तराखण्डको पौडी गढवालस्थित घीडी गाउँमा जन्मेका हुन् । उनले अजमेरमा सैन्य विद्यालयमा पढाइ गरेपछि आगरा विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर सकेका थिए । 

सन् १९६८ मा उनी केरल क्याडरबाट आईपीएस बने । सन् १९७२ मा उनी जासूसी संस्था आईबीमा जोडिए ।

डोभालले पाकिस्तानस्थित भारतीय उच्चायोगमा ६ वर्ष काम गरिसकेका छन् । शुरूआती दिनमा उनी गोप्य एजेन्ट थिए । उनी लाहौरमा पाकिस्तानी मुसलमानका रूपमा बसे । 

भारतीय सेनाको महत्त्वपूर्ण अपरेसन ब्लु स्टारमा उनी गुप्तचर थिए । उनले भारतीय सुरक्षा बलहरूलाई महत्त्वपूर्ण गोप्य सूचना उपलब्ध गराए जसले गर्दा सैन्य कारवाही फिल भयो । उनले खालिस्तानीहरूको विश्वास जितेर उनीहरूको तयारीको जानकारी सैनिकहरूलाई उपलब्ध गराए ।

जम्मु कश्मीरको उरीमा जैश–ए–मोहम्मद आतंकवादीहरूले आक्रमण गरेपछि त्यसको जवाफका रूपमा पाकिस्तानमा सर्जिकल स्ट्राइक गराउने योजना डोभालले नै बनाएका थिए । बालाकोट हवाई आक्रमणको योजना पनि उनले बुनेका थिए । 

नेपालको संविधानमा असन्तुष्टि व्यक्त गर्दै भारतले लगाएको नाकाबन्दीका एक योजनाकार डोभाल पनि हुन् । 

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्