०४ साउन २०८३, सोमबार

मोदीको प्रशंसा गरेपछि कांग्रेस नेतालाई पार्टीबाट निकालियो

मोदीको प्रशंसा गरेपछि कांग्रेस नेतालाई पार्टीबाट निकालियो

काठमाडौँ - लोकसभा निर्वाचन २०१९ मा भारतीय जनता पार्टी नेतृत्वको एनडीएले शानदार जित हासिल गरेपछि मोदीको प्रशंसा गर्ने केरलाका कांग्रेस नेता एपी अब्दुल्लाकुट्टीलाई पार्टीले सोमवार निष्काशन गरेको छ । लोकसभा चुनावमा देशभर कांग्रेसले लज्जास्पद पराजय बेहोरेको थियो तर केरलामा राम्रो प्रदर्शन गरेको थियो । तर केरालामा अब्दुल्लाकुट्टीलाई मोदीको प्रशंसा गर्नु भारी बनेको छ ।

भारतीय राष्ट्रिय कांग्रेसले उनलाई तत्काल पार्टीबाट निष्कासन गरेको छ । उनले केही दिनअघि आफ्नो फेसबुकमा लेखेरै मोदीको प्रसंशा गरेका थिए । 'एनडीएको जितले मोदीको विकासका मुद्दाहरूको स्वीकार्यता जनाएको छ र उनको सफलताको राज के हो भने उनले गान्धीवादी मान्यतालाई अपनाए,' उनले फेसबुकमा लेखेका थिए । जब पार्टीले यसबारेमा जवाफ माग्यो, तब उनले उपहासपूर्ण जवाफ दिएका थिए ।

कांग्रेसको केरल एकाइले एक विज्ञप्ति जारी गर्दै अब्दुल्लाकुट्टीले पार्टी हित र कार्यकर्ताको भावनाको विरुद्धमा बयान दिएर आफ्नो पार्टीविरुद्ध काम गरेको बताएको छ । 'उनले मिडियाको माध्यमबाट कांग्रेस वरिष्ठ नेताहरूको विरुद्धमा आपत्तिजनक बयानबाजी गरिरहेका थिए,' उक्त विज्ञप्तिमा उल्लेख छ, 'उनले पार्टी अनुशासन पालना गरेका थिएनन् । यो परिस्थितिलाई मध्यनजर गर्दै उनलाई पार्टीबाट तत्काल निष्काशन गरिएको छ ।'

पहिला दुईपटकसम्म कम्युनिस्ट पार्टीको सांसद रहिसकेका अब्दुल्लाकुट्टीले २००९ मा गुजरातका तत्कालीन मुख्यमन्त्री मोदीको प्रशंसा गरेकै कारणले निकालिएको थियो । त्यसपछि उनी कांग्रेसमा लागेका थिए । यसपटक पनि उनले मोदीको तारिफ गरेकै कारणबाट पार्टीबाट निष्कासनको सजाय पाएका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्