
चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाटो विस्तारसँगै स्थानीयको पनि उठिवास गराइँदैछ भन्ने भ्रम फैलाइएको बताउनुभएको छ । रंगशाला निर्माणको क्रममा भएको घटनाले आफूलाई अत्यन्तै दुःखी बनाएको बताउनुहँदै महानगर प्रमुख दाहालले भन्नुभयो, ‘डीपीआर नबन्दासम्म सडकको विषयलाई लिएर तोडफोडमा उत्रनु अत्यन्तै दुखद भएको छ ।’
भरतपुर महानगरको वडा नम्बर सातले आयोजनाको गरेको आर्थिक वर्ष २०७६र७७ को योजना छनौट तथा वडा भेलालाई सम्बोधन गदै मेयर दाहालले देश तथा विदेशबाट सहयोगको माहोल बनिरहँदा यस्तो घटना घट्नु दःखद भएको बताउनुभयो ।
भेलामा प्रमुख अतिथि बन्नुभएको महानगर प्रमुख दाहालले करिब ३० हजार अट्ने क्रिकेट स्टेडिम बनाउदै गर्दा स्थानीयलाई उठिवास गर्छ भनेर भ्रम फैलाइएको हुनाले नै यस्तो घटना घट्न गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्टिय गौरवका योजना बनाउँदा कहीँ कतै स्थानीयको सहयोग चाहिएमा क्षतिपूर्ति व्यवस्था हुन्छ, उठिबास गराइन्छ भनेर भ्रम फैलाइएको मात्र हो ।’
अहिले दुई वर्षको प्रगति विवरण हेर्दा धेरै काम सडकमा भएको भन्दै उनले सधै सडकका बिकासमा मात्रै महानगर नलाग्ने भन्दै अव आर्थिक वर्षबाट महानगर उत्पादनमुखी कार्यमा लाग्ने समेत बताउनुभएको छ । भरतपुरले देखेको विकासको सपना टाडा नरहेको भन्दै कृषिलाई पहिलो प्राथमिकता दिइ सबै खालका व्यापार व्यवसायलाई करको दायरामा ल्याउने समेत उनले बताइन् ।
वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले वडा नम्बर सातले स्थानीयको जनचाहना अनुसार काम गरेको भन्दै सबैको साथ र सहयोगले सात नम्बर वडालाई वातावरणमैत्री वडा घोषणा गर्न सफल भएको बताए ।