०९ असार २०८३, मंगलबार

श्रीलंका र अफगानिस्तान : दुई कमजोर टोलीबीचको खेल, टसले खेल्नेछ प्रमुख भूमिका

श्रीलंका र अफगानिस्तान : दुई कमजोर टोलीबीचको खेल, टसले खेल्नेछ प्रमुख भूमिका

काठमाडौं – विश्वकप क्रिकेटमा मंगलवार वेल्सको राजधानी कार्डिफमा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुन गइरहेको छ । 

दुवैले यस विश्वकपको आफ्नो पहिलो खेल हारेका थिए । श्रीलंकालाई न्युजील्यान्डले १० विकेटको बेइज्जतीपूर्ण हार दिलाएको थियो भने अफगानिस्तानलाई अस्ट्रेलियाले सजिलै हराएको थियो ।

त्यसो त पोहोर साल अफगानिस्तानले श्रीलंकालाई एसिया कपबाट आउट गरिदिएको थियो । 

आँकडाको कुरा गर्नुपर्दा अघिल्लो विश्वकपदेखि अहिलेको विश्वकपसम्म आइपुग्दा अफगानिस्तानले श्रीलंकाको भन्दा बढी एकदिवसीय खेल जितेको छ । 

श्रीलंकाले उत्साही अफगान टोलीलाई हराउनका लागि न्युजील्यान्डविरुद्ध गरेको भन्दा राम्रो प्रदर्शन गर्नुपर्छ । यही पिचमा उनी न्युजील्यान्डविरुद्ध हारेका थिए ।

अफगानिस्तानले शीर्ष टोलीहरूका विरुद्ध धेरै खेल्न पाएको छैन । त्यसैले ५० ओभरको खेलमा उनीहरूले अलिक संयम अपनाएर खेल्नुपर्ने देखिन्छ । आफ्ना बलरहरूलाई अवसर दिनका लागि अफगानिस्तानले राम्रो स्कोर बनाउनुपर्छ । 

अफगानिस्तानका लागि रहमत शाहले सन् २०१५ देखि सर्वाधिक स्कोर बनाइरहेका छन् । तीन नम्बरमा ब्याटिङ गर्ने उनी टिकेर खेल्ने गर्छन् । तर यस अवधिमा उनले खेलेका ५२ पारीमध्ये २६ वटामा पाँच ओभरभित्रै आउनुपरेको थियो किनकि ओपनरहरू टिकेर खेलेका थिएनन् । तर उनी आफैंले पनि राम्रो शुरूआत गरेर त्यसलाई ठूलो स्कोरमा परिणत गर्न नसकेको देखिन्छ । अफगानिस्तानलाई विजयी बनाउने हो भने उनले टिकेर ठूलो स्कोर बनाउनुपर्ने हुन्छ । 

श्रीलंकाको कुरा गर्दा कप्तान दिमुथ करुणारत्ने क्लिक हुनु जरूरी छ । टीमका शीर्ष बलर लसिथ मालिंगा आफू पूरै फिट भएको बताएका छन् । न्युजील्यान्डविरुद्धको खेलमा टोलीमा नपारिएका नुवान प्रदीपले आजको खेल खेल्न सक्छन् । 

अफगानिस्तानका कप्तान गुलबदिन नाइबले मोहम्मद शहजादको पक्ष लिएकाले उनी यस खेलमा देखिने सम्भावना छ यद्यपि उनी अस्ट्रेलियाविरुद्धको खेलमा शून्यमै आउट भएका थिए । तर कार्डिफमा पानी पर्ने सम्भावनाका बीच अफगानिस्तानले आफताब आलमका रूपमा थप एक सीमरलाई खेलाउनु उपयुक्त हुन्छ ।

कार्डिफमा चेज गर्ने टीमहरूले धेरै खेल जितिरहेका छन् । त्यसमाथि मंगलवार मेघगर्जन सहित पानी पर्ने सम्भावना भएकाले कप्तानहरूलाई पहिले ब्याटिङ गर्ने कि बलिङ गर्ने भन्ने विषयमा निर्णय लिन सहज हुन्छ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्