१९ असार २०८३, शुक्रबार

प्रियंका चोपडाले देखाइन् प्रधानमन्त्री बन्ने इच्छा

प्रियंका चोपडाले देखाइन् प्रधानमन्त्री बन्ने इच्छा

काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपडाले भारतको प्रधानमन्त्री बन्ने इच्छा देखाएकी छन् । 

हालै एक अन्तर्वार्तामा उनलाई राजनीतिमा प्रवेश गर्ने विषयमा सोधिएको थियो । उत्तरमा प्रियंकाले भनिन्, ‘म भारतको प्रधानमन्त्री बन्ने दौडमा आउन चाहन्छु र निक चाहिँ अमेरिकाको राष्ट्रपति चुनावमा लडून् भन्ने चाहन्छु । हुन त म

राजनीतिसँग जोडिएका कुरा मन पराउँदिनँ तर हामी दुवैजना परिवर्तनको वाहक बन्न चाहन्छौं र कुनै कुरा पनि नकार्दैनौं ।’

आइतवार प्रियंका क्यालिफोर्नियाको डिग्निटी हेल्थ स्पोर्ट पार्कमा भएको ब्यांगो ट्यांगो कन्सर्टमा जोनास ब्रदर्सलाई समर्थन गर्न पुगेकी थिइन् । 

मे महिनामा पति निक जोनाससँग ७२औं कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा डेब्यु गरेकी प्रियंका अब निर्देशिका सोनाली बोसको बलिउड फिल्म द स्काई इन पिंकमा देखिनेछिन् । फिल्ममा फरहान अख्तर र जरीना बहाव पनि देखिनेछन् । 

फिल्म अक्टोबर महिनाको ११ तारिखमा रिलिज हुनेछ । उनी एउटा हलिउड फिल्ममा पनि काम गरिरहेकी छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्