१३ असार २०८३, शनिबार

मेक्सिको सिटीकी मेयरको घोषणा : केटाले स्कर्ट अनि केटीले ट्राउजर लगाए हुन्छ

मेक्सिको सिटीकी मेयरको घोषणा : केटाले स्कर्ट अनि केटीले ट्राउजर लगाए हुन्छ

काठमाडौं – मेक्सिकोको राजधानी मेक्सिको सिटीकी मेयर क्लाउडियो शेइनबाउमले सरकारी विद्यालयहरूमा लैंगिक परम्पराअनुसारको लुगा लगाउनु नपर्ने घोषणा गरेकी छन् । 

‘केटाहरूले चाहेमा स्कर्ट अनि केटीहरूले ट्राउजर लगाए हुन्छ,’ मेयर शेइनबाउमले भनिन् ।

यसले लैंगिक समानता र समताको स्थिति ल्याउने उनले बताइन् । 

पहिलेका निर्देशिकाहरूले बालिकाहरूको विद्यालयको ड्रेस स्कर्ट भए जस्तै बालकहरूको ड्रेस ट्राउजर भएको लेखेका थिए । 

मेयर शेइनबाउमले यस्तो सोच इतिहासको गर्तमा बिलाइसकेको र नयाँ निर्देशिका तत्कालै लागू हुने बताइन् । 

वामपन्थी मोरेना पार्टीकी नेता शेइनबाउमले शहरको केन्द्रमा रहेको प्राथमिक विद्यालयको भ्रमण गर्ने क्रममा यो घोषणा गरेकी हुन् । 

यो घोषणालाई तेस्रो लिंगी अधिकारकर्मीहरूले स्वागत गेका छन् । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्