१८ असार २०८३, बिहीबार

स्वच्छ वातावरण सबैको पहिलो शर्त बन्नुपर्छ : मन्त्री बस्नेत

स्वच्छ वातावरण सबैको पहिलो शर्त बन्नुपर्छ : मन्त्री बस्नेत
फाइल फोटो

नेपालगञ्ज- वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विश्वको वातावरण सन्तुलन बनाइराख्न प्रत्येक व्यक्तिको सकारात्मक भूमिका हुनुपर्ने बताएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा बुधवार यहाँ प्रभातफेरीपछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वातावरण बिग्रन नदिन संस्थागत, समूहगत र एकल प्रयास आवश्यक हुने विचार व्यक्त गरे ।

'यस वर्षको विश्व वातावरण दिवसको नारा ‘स्वच्छ वायु, स्वस्थजीवन’को नारालाई सार्थक बनाउन सरकारले सरोकारवाला पक्षसँग मिलेर काम गर्ने योजना बनाएको छ,' उनले भने । वातावरणको सुरक्षा सबैको पहिलो शर्त बन्नुपर्नेमा जोड दिँदै मन्त्री बस्नेतले सरकारले नै सबैथोक गर्छ भन्ने प्रवृत्ति भयो भने हामी कुनै पनि लक्ष्यमा पुग्न सक्दैनौं भने । 

यसअघि वन तथा वातावरण मन्त्रालयको अगुवाइमा नेपालगञ्जमा गरिएको प्रभातफेरीमा मन्त्री बस्नेत, मन्त्रालयका सचिव विश्वनाथ वलीलगायत सरोकारवाला पक्षको सहभागिता थियो ।

नेपालगञ्ज बजार क्षेत्रको परिक्रममा गरेको प्रभातफेरीमा सहभागीले वातावरण जोगाउने नारासहितको प्लेकार्ड र व्यानर प्रदर्शन गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्