
काठमाडौं - ‘दिलको फ्रेममा’बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।
गीतकार देवल भण्डारीको शब्द, दीपक शर्माको संगीत रहेको गीतमा ‘नेपाल आइडल सिजन २’का विजेता रवी ओड र गायिका पुष्पा पौडेलको स्वर छ । गीतको भिडियोमा अभिनेता पुष्प खड्का र आँचल शर्माले मोडलिङ गरेका छन् । यी दुईसंग रवी र पुष्पा पनि भिडियोमा देखिएका छन् ।
भिडियोलाई सञ्चारकर्मी तथा चलचित्र निर्देशक सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको गीतलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।