०५ साउन २०८३, मंगलबार

नेकपामा आज पनि भएन सहमति, प्रवक्ताले भने– भोलि केही हुन्छ

नेकपामा आज पनि भएन सहमति, प्रवक्ताले भने– भोलि केही हुन्छ
फाइल तश्वीर

काठमाडौं– प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन बसेको नेकपा सचिवालयको बैठक आज पनि बिना निष्कर्ष टुंगिएको छ । 

भोलि बिहान ९ बजे बस्नेगरी आजको बैठक टुंगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘जिल्ला कमिटिको इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे छलफल भयो, नीतिबारे गम्भीर छलफल भयो,’ श्रेष्ठले भने, ‘प्रधानमन्त्रीको कार्य व्यस्तता कारण समयले साथ दिएन । भोलि बिहान ९ बजे सचिवालय बैठक बसेर टुंगो लगाउँछौं ।’ 

प्रवक्ता श्रेण्ठले छलफल राम्रोसँग भएकोे र नमिल्ने कुरा नरहेको दाबी गरे । जिल्ला इन्चार्जमा सहमति भएपछि भोलि अन्य एजेण्डामा प्रवेश गरिने उनले बताए । 

लामो समयपछि मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभाग गठनबारे छलफल भएको थियो ।

एउटा व्यक्तिलाई दुई पद दिने कि नदिने भन्नेमा विवाद भएपछि मंगलवारको बैठक अनिर्णीत भएको थियो । 

बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित ९ जना सदस्यको उपस्थिति थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्