२४ असार २०८३, बुधबार

दुई लाख नक्कली नेपाली नोटसहित २ जना पक्राउ

दुई लाख नक्कली नेपाली नोटसहित २ जना पक्राउ
फाइल फोटो

काठमाडौं–रौतहटमा एक हजार दरका दुई सय नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् ।

एक हजार दरका नक्कली नेपाली नोट २ लाख सहित २ जनालाई कटहरिया नगरपालिका–५ कटहरिया बजारबाट मंगलवार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ बस्ने ६१ वर्षीय जियालाल महतो र मौलापुर नगरपालिका–७ बस्ने ४० वर्षीय विहारी साह रहेका छन् ।

दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय कटहरिया रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलीले नक्कली नोट बरामद गरेको हो ।
 
   

 

salt training

कमेन्ट गर्नुहोस्