३० असार २०८३, मंगलबार

काठमाडौँमा 'टेक द मास्क च्यालेन्ज'

काठमाडौँमा 'टेक द मास्क च्यालेन्ज'

काठमाडौ- विश्व वातावरण दिवसको अवसरमा बुधवार 'युनिभर्सल टेक कन्सल्ट'को मुख्य आयोजनामा 'क्लिन काष्ठमण्डप अभियान'सँगको सहकार्यमा आयोजित 'टेक द मास्क च्यालेन्ज र्‍याली' सम्पन्न भएको छ ।

युनिभर्सल टेक कन्सल्टका प्रकाश ढकालका अनुसार उक्त र्‍यालीको नारा 'सँगै वायुप्रदुषण रोकौं' भन्ने थियो । र्‍यालीको मुख्य उदेश्य वातावरणलाई प्रदुषित नबनाउ र जनसंख्या वृद्धिसँगै बढ्दै गएको धुलो धुवाँबाट बच्न माक्सको प्रयोग गरौं भन्ने थियो ।

काठमाडौ महानगरपालिकाकी उप-मेयर हरिप्रभा खड्की प्रमुख आतिथ्यतामा भएको कार्यक्रम तथा र्‍यालीको नेतृत्व यूटीसीका डाइरेक्टर प्रकाश ढकाल र क्लिन काष्ठमण्डपका मुख्य अभियनता केपि खनालले गरेका थिए । 

र्‍याली तथा सभाको विशेष अतिथिमा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर तथा अमृत साइन्स क्याम्पसका सहायक क्याम्पस प्रमुख केदारनाथ छत्कुली, हास्यव्यंग्य क्षेत्रका मरिचमान श्रेष्ठ, ग्रिन सिटी अस्पतालका प्रमुख लोकबहादुर टण्डन, अनेरास्ववियुका केन्द्रिय अध्यक्ष ऎन महर, सांगेतिक क्षेत्रका कलाकारहरु टंक तिमल्सिना, रेखा जोशी लगायतको उपस्थिति रहेको थियो ।

र्‍याली यूटीसीको कार्यालय पुतलीसडकबाट शुरू भइ पुरानो बसपार्क, भद्रकाली, शहिदगेट, एनएसी हुँदै रत्नपार्कमा पुगेर सभामा परिणत बहेको थियो । उक्त सभालाई सडक नाटक, सांस्कृतिक प्रस्तुति लगायत विभिन्न कार्यक्रम गरेपछि समापन गरिएको थियो ।

कार्यक्रममा यूटीसीमा अध्यानरत विद्यार्थी लगायत क्लिन काष्ठमण्डप अभियानका अभियन्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्