
काठमाडौँ - अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूमा गैर आवासीय नेपाली संघको चुनावले चर्चा पाएको छ । गैरआवासिय नेपाली संघ (एनआरएन) ले राजनीतिक, क्षेत्रीय, जातीय वा धार्मिक आधारमा कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समूहगत रुपमा मतको आह्वान तथा प्रचार प्रसार गर्न रोक लगाएको छ ।
अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्य समन्वय समिति सदस्यमा उम्मेदवारी दिएका गुल्मीका बाबुराम चालिसेले आफूले नेपाली समुदायको सेवाका लागि उम्मेदवारी दिएको बताएका छन् । आगामी जुलाई ६ तारिखका दिन हुने निर्वाचनमा विभिन्न प्यानल बनाएर उम्मेदवारी दिने क्रम शुरू भइसकेको चालिसेले जानकारी दिए ।
आफूले विगतमा नेपाल र अष्ट्रेलियाका विभिन्न सामाजिक संघसंस्थाहरुमा प्रत्यक्ष सहभागी भएर आर्जन गरेको अनुभव र हासिल गरेको ज्ञान मेरो लागि उपयोगी रहने बताउँदै आफ्नो उम्मेदवारी रहेको चालिसेले बताए ।