
काठमाडौं– काठमाडौंमा शुक्रबार बिहानै हावाहुरी आएको छ । बिहान ५ बजेदेखि ६ बजेसम्म हावाहुरी चलेको हो । सँगसँगै सामान्य वर्षासमेत भएको छ ।
बिहीबार साँझ हावाहुरीले पश्चिम नेपालका विभिन्न जिल्लामा क्षति पुर्याएको खबरहरु आइरहँदा काठमाडौंमा पनि हावाले जनजीपन प्रभावित बन्न पुगेको हो ।
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा चलेको हावाहुरीका कारण १ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन्। यस्तै व्यापक धनमालको क्षति भएको छ ।