१८ असार २०८३, बिहीबार

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध, सयौं सवारीसाधन जाममा

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध, सयौं सवारीसाधन जाममा
प्रतिकात्मक तस्वीर

चितवन – पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा शुक्रवार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि सयौं सवारीसाधन जाममा रोकिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्