
पर्सा – हुण्डी कारोबार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित सडकबाट हुण्डी कारोबारमा संलग्न २ जनालाई नगद २ लाख ९९ हजार ५ सय रुपैयाँ र मोबाइल २ थानसहित बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा सिमरा उपमहानगरपालिका–७ पहाडी टोल बस्ने २२ वर्षीय रोशन साह र भारतको बिहार मोतिहारी बस्ने २२ वर्षीय सौरभ कुमार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका उनीहरूलाई स्रोत खुलाउन नसकेको उक्त नगद र हुण्डी कारोबार उल्लेख भएका २ थान मोबाइलसहित फेला पारी पक्राउ गरेको हो ।