०५ साउन २०८३, मंगलबार

नेकपा युवासंगठनको विधान तयार : २ सय ५१ को केन्द्रीय समिति

नेकपा युवासंगठनको विधान तयार : २ सय ५१ को केन्द्रीय समिति

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठनले विधान तयार गरेको छ । संगठनको एकता अगाडि बनेको विधान मस्यौदा उपसमितिले संगठनका संयोजक रामप्रसाद सापकोटा (दिपशिखा) र सह–संयोजक रमेश पौडेललाई विधानको मस्यौदा पेसिडाँडामा हस्तान्तरण गरेको हो ।

नवगठित युवा संगठनको केन्द्रीय समितिमा २ सय ५१ सदस्यीय रहने प्रस्ताव विधानको मस्यौदामा उल्लेख गरिएको छ । मस्यौदा समितिका सदस्य सुवोधराज शेर्पालीका अनुसार विधानले केन्द्रिय समिति मातहत रहने प्रदेश, जिल्ला र स्थानिय तहका किमिटिहरुको संरचना र संख्या समेत किटान गरेको छ ।

संगठन एकताअघि बनेको विधान मस्यौदा उपसमितिमा सुवोधराज शेर्पाली, नरेश कुमार शाही, ज्ञानेन्द्र बहादुर गुरुङ्ग, वचनबहादुर सिंह र रमेश आचार्य रहेका छन् । युवाको एकता अन्तिम चरणमा युवा संघ नेपाल र वाइसियल नेपालबीच एकता भई बनेको युवा संगठनको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको गठित युवा संगठनका सहसंयोजक रमेश पौडेलले बताए ।

संयोजक दिपशिखाका अनुसार पार्टीले टुङ्ग्याउन बाँकी निर्णय बाहेक संगठनको तर्फबाट एकतासम्बन्धी सबै काम निष्कर्ष नजिक पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्