२९ जेठ २०८३, शुक्रबार

नवीकरण नगराएका स्वास्थ्य संस्था बन्द गर्न निर्देशन

नवीकरण नगराएका स्वास्थ्य संस्था बन्द गर्न निर्देशन

काठमाडौं – लामो समयदेखि नवीकरण नगराएका निजी स्वास्थ्य संस्थालाई ७ दिनभित्र बन्द गर्न सिरहास्थित जिल्ला स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ । 

नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिच्याइँ गरेर सञ्चालन गरिरहेको जिल्लाका ८ अस्पताल र ६ पोलिक्लिनिकलाई ७ दिनभित्र बन्द गर्न निर्देशन दिएको हो ।

लहानस्थित लहान लाइफ केयर हस्पिटल, डिभाइन हस्पिटल केयर, फ्रेण्डस हस्पिटल, कामना नर्सिङ होम, सिरहाको गोलबजारस्थित सगरमाथा मोडेल हस्पिटल, माँ धमिनी हस्पिटल, मिर्चैयास्थित रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टरलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले जानकारी दिए ।

त्यसैगरी लहानस्थित आदित्य मेडिकेयर सेन्टर, वेस्ट राधा कृष्ण डेण्टल क्लिनिक, अलफ्रेण्ड हेल्थ केयर र मिर्चैयास्थित सहलेश पोली क्लिनिक पनि बन्द गर्न निर्देशन दिइएको उनले बताए । उनले नवीकरण नगराएका स्वास्थ्य संस्थालाई २ महिनाको समय दिइएपनि अटेर गरेकाले कानूनबमोजिम बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराए ।

salt training

कमेन्ट गर्नुहोस्