
काठमाडौं – भ्रष्टाचारविरोधी अभियान्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् ।
बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले शाहीलाई रिहा गर्न आदेश दिएको वरिष्ट अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।
रिटमाथि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासमा सुनुवाइ भएको थियो ।
शाहीको पक्षबाट त्रिपाठीले नै बहस गरेका थिए । शाहीलाई पत्रकारमाथि मानहानीको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।