३१ असार २०८३, बुधबार

मन्त्री बास्कोटा भन्छन् - सन् २०२२ सम्म सबै नागरिकको घरमा पिउने पानी पुग्छ

मन्त्री बास्कोटा भन्छन् - सन् २०२२ सम्म सबै नागरिकको घरमा पिउने पानी पुग्छ

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकास निर्माणको काम जारी रहेकाले अझै नकारात्मक टिप्पणी गर्ने अवस्था नआएको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सन् २०२२ सम्म सबै नागरिकको घरमा पिउने पानी पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरेका हुन् ।

दाङ तुलसीपुरमा जारी २ दिने खानेपानी संस्था तथा समितिको व्यवस्थापन, खानेपानी आयोजना सञ्चालन व्यवस्थापन तथा सुरक्षा योजना सम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री बाँस्कोटाले नकारात्मक टिप्पणी नगर्न आग्रह गरे ।

'भर्खरै विकास निर्माणका काम शुरु भएका छन्,' उनले भने, 'अहिले नै नकारात्मक टिप्पणी गर्नेबेला भएको छैन् ।' उनले सरकारले गरेका कार्यको नतिजा पाँच वर्षभित्र आउने विश्वास दिलाउँदै भने, 'तपाईहरु धैर्य गर्नुस्, पाँच वर्षभित्र सरकारले गरेका कामको नतिजा आउँछ ।'

उनले मुलकमा अब राजनीतिक लडाइँ सकिएको र गरीबी अन्त्यको लडाइँ शुरु भएको समेत बताए । बाँस्कोटाले विकास निर्माणका काम अघि बढिरहेको भन्दै केही समय धैर्य राख्न आग्रह गरे ।

सन् २०३० सम्ममा प्रशोधित स्वच्छ पिउने पानी पु¥याउने लक्ष्य रहेको समेत उनले बताए । मन्त्री बाँस्कोटाले नेपाल जलस्रोतको दोस्रो धनी देश भएकाले स्रोतको समस्या नभएको तर आर्थिक, इच्छाशक्ति र काम गर्दा खुट्टा तान्ने प्रवृत्तिले यस्तो समस्या निम्तिएको समेत बताए ।

उनले उपभोक्ता समितिका पदाधिकारी मन लागेमा १७ वर्षसम्म पनि एउटै पदमा बसिराख्ने गरेको भन्दै यो बिल्कुल गलत भएकाले आफू र आफ्नो समाज परिवर्तनमा लाग्नुपर्नेमा जोड दिए । 'मन लागेमा १७ वर्षसम्म पनि एउटै पदमा बस्ने तर योजना पूरा नगर्ने ?', उनले सोधे, 'यसले सबै मानिसलाई खानेपानीको पहुँचमा ल्याउने ठूलो समस्या पारेको छ ।'

salt training

कमेन्ट गर्नुहोस्