२० असार २०८३, शनिबार

मेक्सिकोबाट अमेरिका आयात हुने सामानमाथि सोमबारदेखि थप कर लाग्दै

जेठ २४, २०७६
मेक्सिकोबाट अमेरिका आयात हुने सामानमाथि सोमबारदेखि थप कर लाग्दै

वासिङ्टन–मेक्सिकोबाट अमेरिका आयात हुने सामानमा सोमबारबाट लागु हुनेगरी दण्डात्मक कर लगाउने निर्णय निकै अघि बढेको ह्वाइट हाउसले बताएको छ ।

ह्वाइटहाउसकी प्रवक्ता सारा स्याण्डर्सले भन्नुभयो, “आप्रबासीलाई सिमा क्षेत्रमा कडाई गर्ने बिषयमा मेक्सिकोसँग भएको कुराकानीमा ‘प्रगति’ भएको छ तरपनि संयुक्त राज्य अमेरिकाले मेक्सिकोलाई थप कर लगाउने यस पहिले गरेको निर्णय अघि बढ्ने लगभग पक्का भएको छ ।”

“करबारे यसपहिले आएको हाम्रो धारणामा परिवर्तन भएको छैन,” उहाँले एअर फोर्स वनमार्फत यूरोप जाने क्रममा बताउनुभयो ।

उहाँले भन्नुभयो, “करका लागि उनीहरू ९सम्बन्धित अधिकारीहरू० ले धेरै प्रगति गरिसकेका छन् । बैठक र कुराकानी सकारात्मकरूपमा अघि बढेको छ । तर तत्काल अहिलेका लागि आगामी सोमबारदेखि कर वृद्धि गर्ने बाटोमा छौँ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मेक्सिकोसँग पाँच प्रतिशत थप कर लिने गरी यसै साता गरेको निर्णयको मेक्सिकोले विरोध जनाइसकेको छ । 

मेक्सिकोले सीमानामा आप्रवासी शरणार्थीलाई अमेरिका प्रवेशमा नियन्त्रण गर्न अपनाउनुपर्ने आवश्यक प्रक्रिया शुरू नगरेको साथै मेक्सिको र अमेरिकाको सिमाना हुँदै अमेरिका प्रवेश गर्ने आप्रवासीहरूको नियन्त्रणमा नसघाएको आरोपमा उसले थप करको घोषणा गरेको मेक्सिकाको दावी छ ।

मेक्सिकोको विदेशमन्त्रालयका उत्तर अमेरिका मामिला हेर्ने उच्च कूटनीतिज्ञ जेसस सैयदले भन्नुभयो,  “अमेरिकी उक्त कदम ‘अनर्थपूर्ण’ रहेको छ र यसको हामी उचित जवाफद्वारा प्रतिवाद गर्नेछौँ । 
 

salt training

कमेन्ट गर्नुहोस्