०६ असार २०८३, शनिबार

जयशंकरले दिए भूटानी प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता

जयशंकरले दिए भूटानी प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता

थिम्पु– भारतका विदेशमन्त्री एस जयशङ्करले भूटानका प्रधानमन्त्री लोटाय शेरिङलाई भारत भ्रमणका लागि निमन्त्रणा गरेका छन् । 

विदेशमन्त्री भएपछिको पहिलो विदेश भ्रमणका क्रममा भूटान आएका जयशङ्करले शुक्रबार प्रधानमन्त्रीलाई निमन्त्रणा गरेका हुन् । 

भेटपछि ट्वीट गर्दै उनले दुई पक्षीय हित र साझेदारीका विषयमा भेटवार्ता उपलब्धिमुलक नै भएको उल्लेख गरेका छन् । 

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भूटानी समकक्षीलाई निमन्त्रणा पत्र दिएको पनि ट्वीटर मार्फत् जानकारी दिएका हुन् । 

भूटान विमेस्टेक राष्ट्रहरूको सदस्य भएकाले गत मे ३० मा भएको प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा भुटानी प्रधानमन्त्री पनि सहभागी भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्