
काठमाडौं–तीर्थाटन, व्यापारलगायत प्रयोजनले भारत पुगेर शुक्रबार स्वदेश फर्कँदै गरेका ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलले उड्न रोक लगाएको छ ।
तीमध्ये एक जना नेपाल वायु सेवा निगम र १० जना भुटान एयरबाट काठमाडौं फर्कँदै थिए । विमानस्थल अधिकारीहरुले बस वा ट्रेनमा आउँदा फर्कँदा पनि त्यसरी नै फर्कनुपर्ने भन्दै विमानमा जान नदिएको पीडितले बताए । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।