काठमाडौं– सत्तारुढ नेकपाका सांसद जनार्दन शर्माले संवैधानिक अराजकता बढेको बताएका छन् ।
संसदको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा शुक्रबार शर्माले संवैधानिक आयोगमै विवाद आउन थालेकाले यसलाई संसदले रोक्नुपर्ने बताए ।
स्थानीय तहमा कर्मचारी भर्नाका लागि गरिएको विज्ञापन रोक्न सरकार र लोकसेवा आयोगलाई निर्देशन दिन उनले समितिका सभापतिलाई आग्रह गरे ।
आजको कान्तिपुर दैनिकले लोकसेवा विज्ञापनबारे सत्तारुढ दलका सांसदमै विवाद भन्दै समाचार छापेको छ ।