०४ साउन २०८३, सोमबार

सबै जनतालाई आधारभूतस्तरको खानेपानी पुर्‍याउन अघि बढेका छौं : मन्त्री मगर

सबै जनतालाई आधारभूतस्तरको खानेपानी पुर्‍याउन अघि बढेका छौं : मन्त्री मगर
फाइल फोटो

काठमाडौं- खानेपानी मन्त्री बिना मगरले हरेक गाउँ बस्ती र सहर बजारका जनतालाई तीन वर्षभित्र शतप्रतिशत आधारभूत स्तरको खानेपानी सेवा पुर्‍याउन मन्त्रालय संकल्पसहित अघि बढेको बताएकी छन् । 

नेपाल नगरपालिका संघले शनिवार काठमाडौंको बसन्तपुर दरबार स्वायरमा आयोजना गरेको खानेपानी तथा सरसफाइ मेलाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर शतप्रतिशत जनतालाई आधारभूतस्तरको खानेपानीको सुनिश्चितता गर्न दृढ संकल्पका साथ अघि बढेको बताएकी हुन् ।

मन्त्री मगरले सबै जनतालाई खानेपानीको पहुँच पुर्‍याउने अभियानमा केन्द्र, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रतिबद्धता र हातेमालोको आवश्यकता रहेको औंल्याइन् । आगामी आर्थिक वर्ष ९२ प्रतिशत र तीन वर्ष भित्र शतप्रतिशत जनसंख्यालाई खानेपानी सेवा पुर्‍याउने लक्ष्य रहेपनि सबैसँगको सहकार्यमा उक्त लक्ष्य पूरा गर्न सकिने उनको भनाइ छ ।

कार्यक्रममा खानेपानी मन्त्री मगरले भनिन्, 'एकातिर सबै जनतालाई खानेपानी पुर्‍याउनुपर्ने चुनौती छ भने अर्कोतिर पूर्ण सरसफाइको कार्यक्रमलाई पनिसँगै अगाडि लैजानुपर्नेछ । खानेपानी र सरसफाइलाई अलग राखेर समृद्ध नेपालको अभियान पूरा हुन सक्दैन । बढ्दो जनसंख्या र सहरीकरणका कारण हाम्रो वातावरण दिनदिनै दूषित हुँदै गइरहेको छ । सरसफाइ अभियानलाई पनि हामीले उत्तिकै प्राथमिकता दिएर अगाडि बढाउँदै छौं ।’

आउँदो आर्थिक वर्षमा खुला दिशामुक्त राष्ट्र घोषणा गर्ने अभियानमा मन्त्रालय जुटेको उनले जानकारी दिइन् । 

कार्यक्रममा नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले खानेपानी र सरसफाइका कार्यक्रम तथा योजनाहरूलाई बढी प्राथमिकता दिएर अघि बढ्न नेपाल सरकारलाई आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्