२२ असार २०८३, सोमबार

प्रधानमन्त्री कप क्रिकेटको पुरस्कारमा ठगिए खेलाडी

जेठ २६, २०७६
प्रधानमन्त्री कप क्रिकेटको पुरस्कारमा ठगिए खेलाडी

काठमाडौं– सरकारले नै आयोजना गरेको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको पुरस्कारमा खेलाडी ठगिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।  

 मोटरसाइकल पाउनुपर्ने खेलाडीले ५० हजार र ५० हजार पाउनुपर्ने खेलाडीले ३० हजार मात्रै पुरस्कार पाएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार घोषणा गरिएको थियो । तर, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट घोषित नेपाल पुलिसका खेलाडी ललितनारायण राजवंशीलाई शनिबार नगद ५० हजार दिएर टारिएको छ । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५० हजार नगद घोषणा गरेकोमा ३० हजारले मात्रै पुरस्कृत गरियो । उत्कृष्ट बलर राजवंशी नै भएका हुन् भने उत्कृष्ट ब्याट्सम्यान त्रिभुवन आर्मीका राजु रिजाल हुन् । 

उनीहरूलाई शनिबार खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले नै पुरस्कृत गरेका थिए । जब कि व्यवस्थापक नेपालय इन्टरनेसनलले प्रतियोगिता सुरु हुनुअघि २ जेठमा पत्रकार सम्मेलन गर्दै विज्ञप्ति नै निकालेर पुरस्कार घोषणा गरेको थियो । यसबारे जानकार मन्त्री विश्वकर्मा र सदस्यसचिव विष्ट शनिबार खेलाडीलाई पुरस्कृत गर्दा थाहा नभएजस्तो गरे । 

salt training

कमेन्ट गर्नुहोस्