
काठमाडौं–सरकारले संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक खारेज गर्नुपर्ने मागसहित विरोध प्रदर्शनमा उत्रिएका सरोकारवालामाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
विधेयकको विरोधमा आइतवार काठमाडौंको माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको हो । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले पानीका फोहोरा चलाएको थियो ।
केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रस्तावित विधेयकमा गुठीयारलाई नै हटाउने प्रावधान समेटिएको छ ।
राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गरी सर्वसाधारणको हित कायम गर्न भन्दै गत वैशाख १६ गते भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले राष्ट्रिय सभामा विधेयक पेश गरेकी थिइन् ।