२२ जेठ २०८३, शुक्रबार

नेहा कक्करलाई नेपाल ल्याउने इभेन्ट सञ्चालक पक्राउ

नेहा कक्करलाई नेपाल ल्याउने इभेन्ट सञ्चालक पक्राउ

काठमाडौं –क्षमताभन्दा बढी टिकट बेचेर ठगी गरेको आरोपमा पारामाउन्ट इभेन्ट प्रालि सञ्चालक दीपक घिमिरे पक्राउ परेका छन् ।

भारतीय गायिका नेहा कक्कर सहभागी कार्यक्रमका लागि ठमेलस्थित लर्ड अफ डिस्को नामक नाइट क्लबमा क्षमताभन्दा बढी टिकट बेचेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए । 

क्लबको क्षमताभन्दा दोब्बर टिकट बिक्री गरी र स्थानीय प्रहरीसँग समन्यय नगरेकाले उनलाई पक्राउ गरेको बोगटीले लोकान्तरलाई बताए । 

उनले भने–‘बढी लिएको रकम फिर्ता गर्नुपर्ने अवस्था छ । उहाँले क्षमता भन्दा बढी बेचेको टिकट फिर्ता नगरे ठगी ऐन अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने छ ।’

उक्त कार्यक्रमा प्रतिव्यक्ति टिकटबापत ५ हजार रुपैयाँ उठाइएको थियो । २ हजार क्षमताको डिस्कोमा हुने कार्यक्रमका लागि दोब्बरभन्दा बढी टिकट विक्री गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्