०४ असार २०८३, बिहीबार

यस्तो आस्वासन देखाई युवतीमाथि ‘वलात्कार’

यस्तो आस्वासन देखाई युवतीमाथि ‘वलात्कार’

मोरङ–विवाहको आश्वासन देखाई एक युवतीलाई करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरी  आज सार्वजनिक गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार विराटनगर–१२ घर भई विराटनगर–१० सोमबारे हटिया नजीकै बहालमा बस्ने २५ वर्षीय विवेक भन्ने दिव्य पौद्धारलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । निजले विराटनगर–१४ की १६ वर्षीया एक युवतीलाई विवाह गर्छु भनी ललाइफकाई गत वैशाख १० गते कोठामा लगी करणी गरेका थिए । 

    पीडितका परिवारले दिएको उजुरीका आधारमा पौद्धारलाई जेठ २३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए । 
 आरोपी पौद्धारको आठ वर्षअघि विवाह भएको थियो । निजलाई जिल्ला अदालत मोरङबाट जबर्जस्ती करणी कसुरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान भइरहेको छ प्रहरीले जानकारी दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्