२५ असार २०८३, बिहीबार

गोविन्दराज जोशीको फाइल खोज्दै अख्तियार, पूर्वकर्मचारीमागि सोधपुछको तयारी

जेठ २७, २०७६
गोविन्दराज जोशीको फाइल खोज्दै अख्तियार, पूर्वकर्मचारीमागि सोधपुछको तयारी

काठमाडौं– सर्वोच्च अदालतको आदेशअनुसार अख्तियार दुरुपयोग अनुन्धान आयोगले पूर्वमन्त्री गोविन्दराज जोशीसँग सम्बन्धित मुद्दाको मिसिल खोज्ने कार्यलाई तीब्रता दिएको खबर गोरखापत्र दैनिकमा छापिएको छ । 

अख्तियारले केही उच्च अधिकारीको प्रत्यक्ष निगरानीमा फाइल खोजी कार्य अगाडि बढाएको हो । फाइलबारे पूर्व कर्मचारीसँग समेत अख्तियारले सोधपुछ गर्ने तयारी गरेको छ । 

जेठ २३ गते सर्वोच्चले १५ दिनभित्र मिसिल पठाउन आदेश गरेको थियो । पाँच वर्षसम्म पनि मिसिल प्राप्त नभएको भन्दै अदालतले अख्तियार सचिवलाई अदालतको अपहेलनामा कारबाही किन नगर्ने भन्दै जवाफ समेत माग गरेको थियो । जवाफ पेससँगै फाइल पनि पेस गर्न आदेश दिएको थियो । 

अदालतको आदेश प्राप्त भएपछि अख्तियारले फाइल खोजीलाई तीब्र पारेको हो । 

salt training

कमेन्ट गर्नुहोस्