२१ जेठ २०८३, बिहीबार

मन्त्री अर्यालको जवाफ कांग्रेसलाई चित्त बुझेन, गृहमन्त्रीको जवाफ माग गर्दै सदन अवरुद्ध

मन्त्री अर्यालको जवाफ कांग्रेसलाई चित्त बुझेन, गृहमन्त्रीको जवाफ माग गर्दै सदन अवरुद्ध

काठमाडौं – सरकारको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको बैठक अवरुद्ध गरेको छ । 

प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी र गरीबी निवारण मन्त्री पदमा अर्यालको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो ।

मन्त्रीको जवाफपछि कांग्रेस सचेतक पुष्पा भुसालले गुठी विधेयकको विरोधमा माइतीघरमा आइतवार भएको घटना सम्बन्धमा सदनमा गृहमन्त्रीको जवाफ नआउँदासम्म सदनको कारवाही अगाडि बढ्न नसक्ने बताइन् । 

सदनमा मन्त्रीको जवाफले सरकारले गुठी विरोधको विरोध गर्नेमाथि दमन गरिएको प्रष्ट भएको उनले बताइन् । ‘शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारमाथि गृहमन्त्रीले कुन कानून अनुसार डण्डा बर्साउन दिर्नेशन दिनुभयो ?’ उनले प्रश्न गरिन् । 

कांग्रेस सांसद बोलेपछि सभामुख कृष्णबहादुर महराले हिजो (आइतवार) को घटनामा सरकारको ध्यानाकर्षण गराए । उनले उपयुक्त समयमा सरकारले जवाफ दिने बताए । 

गृहमन्त्री सदनमा उपस्थित नभएकाले केही समयमा बोलाउने सभामुखले आश्वासन दिए तर सभामुखको आग्रहलाई कांग्रेसले मानेन । 

त्यसपछि सभामुख महराले संसदको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्