
स्याङ्जा– स्याङ्जाको अर्जुन चौपारीको दरौँ खोलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी डुबेको छ ।
सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार गाडी खोलामा डुबेको हो । पुलको शिलान्यास गरेर फर्केको मन्त्रीको गाडी खोलामा पुल नभएकैले फसेको स्थानीय पत्रकार राधाकृष्ण डुम्रेले लोकान्तरलाई बताए ।
पुलको उद्घाटन गरेर आउँदै गरेको अवस्थामा महासेठ सवार बा २ झ ४०२९ नम्बरको गाडी खोलाको बीचमा फँसेको थियो । उक्त गाडीलाई क्रेनको सहायताले निकालिएको थियो ।