
बनेपा – काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–८ स्थित गैरापाटीमा १ व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायका अनुसार सोमवार बेलुका फ्युज गएर मिलाउन भन्दै बिजुलीको ट्रान्सफर्मरमा चढेको र करेन्ट लागेर मृत्यु भएको हो ।
मुत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय रामशरण अधिकारी रहेको प्रहरीले जनाएको छ ।
‘गाउँमा बेलाबखत आफैंले बिजुली लाइन बनाउने गर्दै आएको र सोही क्रममा फ्युज गएपछि बनाउनका लागि बिजुलीको ट्रान्सफर्मर भएको ठाउँमा चढ्दा करेन्ट लागेर मृत्यु भएको हो,’ प्रहरी निरीक्षक रायले भने ।
मृतकको शव परीक्षणका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।