२१ असार २०८३, आइतबार

गहुँ उत्पादन १५ प्रतिशतले बढ्यो

गहुँ उत्पादन १५ प्रतिशतले बढ्यो
फाइल फोटो

डडेल्धुरा- डडेल्धुरामा यो वर्ष गहुँ उत्पादनमा १५ प्रतिशतले वृद्धि भएको छ ।

समयमै वर्षा र पटक-पटक हिमपातका कारण डडेल्धुरामा यो वर्ष गहुँ उत्पादन बढेको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

गत वर्षको तुलनामा यो वर्ष डडेल्धुरामा हजार मेट्रिक टन बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख दिलबहादुर विष्टले बताए । कृषि ज्ञान केन्द्रसहित स्थानीय तहहरूले पनि किसानलाई उन्नत जातको गहुँको बीउ अनुदान दिएपछि गहुँ उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

डडेल्धुरामा आठ हजार ७४० हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ । बढी पाखो जमिन रहेकाले गहुँ लगाउँदादेखि पाक्दासम्म समय-समयमा वर्षा भएपछि गहुँको उत्पादनमा वृद्धि हुने गरेको छ । 

गहुँ यहाँको प्रमुख बालीमध्येको भएकाले उत्पादनमा वृद्धि भएसँगै किसान पनि खुशी भएका छन् । उत्पादन वृद्धिले यस वर्ष तराईका जिल्लाबाट हुने गहुँको आयातमा पनि कमी आउने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्