×

NMB BANK
NIC ASIA

बेलगाम विकास

पेट्रोलियम पाइपलाइनमा सडकका ठेकेदारको डोजर, गौरवको आयोजना धकेल्ने निहुँ !

जेठ २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण भइरहेको पेट्रोलियम पाइपलाइनमा ठेकेदार कम्पनीले डोजर लगाएको छ ।

Muktinath Bank

भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्म निर्माण भइरहेको र काम समेत अन्तिम चरणमा पुगेका बेला पाइपलाइनमा ठेकेदारले डोजर लगाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीरगन्ज–पथलैया व्यापारिक सडक सुधार आयोजनाका ठेकेदारले पाइपलाइनमा डोजर लाएर पाइपलाइन काटिदिएको नेपाल आयल निगमले जनाएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले ठेकेदारले डोजर लगाउँदा पाइप काटिएको बताए ।


Advertisment
Nabil box
Kumari

‘पाइपलाइन निर्माण भइरहेको सिमराको परवानीपुर खण्डमा ठेकेदारले डोजर लाउँदा पाइप काटिएको जानकारी आएको छ,’ उनले भने, ‘पाइपलाइनमा पेट्रोल आयात गर्दा त्यसको जानकारी राख्नका लागि पाइपलाइनसँगै बिछ्याउन लागेको अप्टिकल फाइभर पनि काटिएको छ ।’

Vianet communication
Laxmi Bank

पेट्रोलियम पदार्थ आयात गर्दा त्यसको सम्पूर्ण जानकारी राख्नका लागि इन्टरनेट जडान गरिन लागेको र त्यसका लागि बिछ्याउन लागेको अप्टिकल फाइभर करीब ७ मिटर डोजरले काटेको पौडेलले बताए ।

परवानीपुर आँखा अस्पताल नजिकै पाइपलाइन काटिएको थाहा पाएपछि त्यसको सत्यतथ्य बुझ्नका लागि निगमको केन्द्रिय कार्यालयबाट कर्मचारी त्यता पठाइएको समेत पौडेलले बताए । वीरगञ्ज–पथलैया व्यापारिक सडक सुधार आयोजनाको काम सपना निर्माण सेवा कम्पनीले गरिरहेको छ । 

पाइपलाइन सञ्चालन गर्ने सीमा धकेलियो

निगमले आगामी जुन ३० तारिखमा पाइपलाइनको परीक्षण गर्ने योजना बनाएको पौडेलले बताए । तर पाइपलाइनमा डोजर लागेर पाइप काटिएपछि परीक्षणको समयमा समेत धक्का पुगेको पौडेलको भनाई छ । पाइपलाइनमा पुगेको यकिन क्षतिबारे स्पष्ट हुन नपाउँदै निगमका कर्मचारीले आयोजना धकेलिने प्रचारमा बढी जोड दिइरहेका छन् । 

पाइपलाइनमा लागेको डोजरको सम्बन्धमा त्यहाँ प्रमुख जिल्ला अधिकारी सहितको सहभागितमा छलफल गरिने निगम प्रमुख पौडेलले बताए । पौडेलका अनुसार डोजर लागेर पाइपलाइनमा पुगेको क्षति कसले व्यहोर्ने भन्ने कुरा छलफलपछि मात्रै टुंगो लाग्नेछ ।

रक्सौलदेखि अमलेखगञ्जसम्म भारत र नेपालको संयुक्त लगानीमा पेट्रालियम पाइपलाइन निर्माण भइरहेको थियो । करीब ४ अर्ब रुपैयाँ लागत लाग्ने भनिएको पाइपलाइनको ७५ प्रतिशत भारत र २५ प्रतिशत नेपालले व्यहोर्ने दुवै पक्षबीच सहमति भएको थियो । सरकारले २०७३ सालदेखि राष्ट्रिय गौरवको आयोजनामा पेट्रोलियम पाइपलाइनको काम अघि बढाएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x