११ साउन २०८३, सोमबार

भारतीय वायु सेनाको एक सातादेखि बेपत्ता विमानको भग्नावशेष भेटियो

भारतीय वायु सेनाको एक सातादेखि बेपत्ता विमानको भग्नावशेष भेटियो
दुर्घटना अघिको तस्वीर

काठमाडौं – करीब एक साता अघिदेखि हराइरहेको भारतीय वायु सेनाको विमानको भग्नावशेष भेटिएको छ ।

वायु सेनाको एएन-32 एयरक्राफ्टको भग्नावशेष अरूणाञ्चलस्थित १२ हजार फिट उचाइमा देखिएको खबर भारतीय मिडियाहरूले लेखेका छन् ।

वायुसेनाको एमआई - १७ हेलिकप्टरले सर्च अप्रेसनका क्रममा विमानको भग्नावशेष पत्ता लगाएको दैनिक भाष्करमा खबर छ ।

गत सोमवार असमको जोरहाटबाट उडान भरेको उक्त विमानमा १३ जना सवार थिए । उडान भरेको केही दिनपछि विमान सम्पर्कविहीन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्