३० जेठ २०८३, शनिबार

ठेकेदारको दबाबमा एक महिनाा नपुग्दै सच्चियो सार्वजनिक खरिद नियमावली

जेठ २९, २०७६
ठेकेदारको दबाबमा एक महिनाा नपुग्दै सच्चियो सार्वजनिक खरिद नियमावली

काठमाडौं–सरकारले निर्णय गरेर राजपत्रमा प्रशासन भइसकेको सार्वजनिक खरिद नियमावली ठेकेदारको दबाबमा एक महिना नपुग्दै संशोधन भएको छ । 
भ्रष्टाचार अभियोग लागेका ठेकेदारले ठेक्का प्रक्रियामा सहभागि नै हुन नपाउने गरी ३० वैशाखमा नियमावलीको छैटौं संशोधन भएकोमा सातौं संशोधन पुनः खारेज गरिदिएको छ । 
छैटौं संशोधनविरुद्ध निर्माण व्यवसायी आन्दोलन भएपछि २३ जेठमा सरकारले नियमावलीको सातौं संशोधन गरी राजपत्रमा प्रकाशित गरेको हो । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–ठेकेदारलाई नियमन गर्ने व्यवस्था नै खारेज भएपछि अब मुद्दा लागेपनि ठेक्का पाउनेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्