
काठमाडौं – नेपाल प्रहरीको तथ्याङ्क अनुसार प्रहरीविरुद्ध नै पनि पर्याप्त उजुरीहरु परेको पाइएको छ ।
आजको राजधानी दैनिकका अनुसार चालू आर्थिक वर्ष २०७५–०७६ मा प्रहरीविरुद्ध नै १९९ वटा उजुरी परेका छन् ।
नेपाल प्रहरीको उजुरी छानबिन शाखामा परेका निवेदनमध्ये चालू आर्थिक वर्षको हालसम्म प्रहरीसँग सम्बन्धित (प्रहरीविरुद्ध) मात्र १९९ वटा दर्ता भएका हुन् । तीमध्ये ९२ वटा फर्छ्योट भइसकेका छन् । १०७ वटा उजुरीउपर छानबिन भइरहेको छ।