
एजेन्सी- मानिसहरूका शौख अचम्म-अचम्मका हुन्छन् । मानिसहरू आफ्नो शौख पूरा गर्न अनेक गर्छन् ।
हालै चीनका एक युवाको शौखलाई लिएर सामाजिक सञ्जाल तातेको छ ।
चीनका एक किसानले शौख पूरा गर्न २ करोडको बीएमडब्यू गाडी किने । तर उनले सधैं कारमा पेट्रोल हालिरहन सकेनन् । उनले बीएमडब्लूमा तेल हाल्नकै लागि हाँस र कुखुरा चोरी गर्न थालेको सञ्चारमाध्यमहरूमा उल्लेख छ ।
उनले हाँस र कुखुरा चोर्ने र त्यो बेचेर आएको पैसाले गाडीमा पेट्रोल हाल्ने गरेको खबर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।